प्रिज्मा र प्रिन्सीको सुहाएको फुली

गायक सुरेन्द्र चन्द र गायिका विशाखा शाही नयाँ गीत लिएर बजारमा आएका छन् । उनीहरुले ‘कस्तो सुहाएको फुली’ बोलको गीत सार्वजनिक भएको हो । 

गीत सिएल शर्माले लेखेका हुन् । संगीत पनि गीतकार शर्माकै सुन्न सकिन्छ । 

गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा अभिनेता पल शाह सुधीर श्रेष्ठ, प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् । म्युजिक भिडियोमार्फत किशोरावस्थाको प्रेमलाई प्रस्तुत गरिएको छ । 

शान थापाले निर्देशन गरेको म्यूजिक भिडियो अर्जुन तिवारीले खिचेका हुन् । राजिव समीरको कोरोयोग्राफी रहेको म्युजिक भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

 





  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १३:३१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया