logo-img

हरिद्वार पुगेर ज्ञानेन्द्र शाहले भने : बाह्य प्रभाव बढ्यो, हिन्दु धर्म संस्कृतिको रक्षा गरौँ
नेपालीमा भाषामा तीन पेज लामो लिखित भाषण

 पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको हरिद्वारमा पुगेर नेपालमा हिन्दु धर्ममाथि आक्रमण भइरहेको बताएका छन्। नेपालीमा तीन पेज लामो लिखित भाषण दिँदै उनले हिन्दु धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएकोमा चिन्ता जनाएका छन्। 

हरिद्वारमा भइरहेको कुम्भ मेलालाई आइतवार सम्बोधनका क्रममा ज्ञानेन्द्रले हिन्दु धर्मको सभ्यता र संस्कृतिका अनेक आदर्श विश्वकै मानवीय आदर्शहरूलाई डोर्‍याउने भएको बताए। उनले यसलाई लिएर सबै हिन्दु धर्मावलम्बी चिन्तित हुने बेला आएको पनि उल्लेख गरे।

‘हाम्रो हिन्दु सभ्यता, हाम्रो हिन्दुत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौँ ग्रन्थ शास्त्र सबै सबै नै महत्वपूर्ण छन्। तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनुशीलन आफैँमा गहन छन्’, उनले लिखित सम्बोधन गर्दै भने, ‘नेपाल र भारतका कैयन देवस्थल, धाम एवम् अनेकौँ स्थानहरु, जसले सदैव- सर्वे भवन्तु सुखिनको विश्वव्यापी मान्यता राख्छन्।’



उनले सम्बोधनका क्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'के नेपाल सानो छ?' निबन्ध पनि सम्झिए। 'लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘के नेपाल सानो छ ?’ भन्ने निबन्धमा आर्य सभ्यताको महत्व खिइँदै गरेको विषय जोड दिइएको छ', उनले भने, 'कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो।’



निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा  पूर्वराजा शाह हरिद्वार पुगेका हुन्। हरिद्वारको गंगा किनारमा अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान ९ बजे वैदिक मन्त्रोच्चारण साथ पूर्व राजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको थियो । 



कुभ्ममेलामा महामण्डेश्वर कैलाशानन्द गिरीले पूर्व राजदम्पतीलाई स्वागत गर्दै आशीर्वाद दिएको अवसरमा पूर्वराजा शाहले मन्तव्य राखेका हुन्। सोमबारको मौनी अमावश्यामा गिरिसँगै राजदम्पती पनि शाही स्नानमा सहभागी हुनेछन्। शाही स्नान हुने भएपछि हरिद्वारका केही सडकमा निषेधाज्ञा जारी गरिएको छ। सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। 

शाहको मन्तव्यको पूर्ण पाठ

  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया