शिक्षा मन्त्रालयले कोरोना सावधानीका लागि विद्यालय बन्द गर्ने विषयमा छलफलका लागि सरोकारवालालाई बोलाएको छ ।
कोभिड संकट व्यवस्थापन केन्द्रले कोरोना महामारी बढेको भन्दै स्कुल अनलाइन सञ्चालन गर्न सुझाब दिएपछि मन्त्रालयले सोमबार सरोकारवालासँग छलफल गर्न लागेको हो ।
आइतबारै निजी विद्यालयहरुको संगठन प्याब्सनले विज्ञप्ति निकालेर विद्यालय बन्द नगर्न आग्रह गरेको थियो । बन्द गर्नैपरे पनि कोरोना प्रभावित क्षेत्रमा मात्रै बन्द गर्न सुझाब दिएको थियो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार निजी स्कुल सञ्चालकले अहिले विद्यालय बन्द गर्न नसकिने भनेकाले मन्त्रालयले छलफलका लागि बोलाएको जानकारी दिएका छन् ।
मन्त्रालयले छलफलका लागि महानगरपालिकाका प्रतिनिधि, अभिभावक संघ, प्याब्सन, एन प्याब्सनलगायतलाई बोलाएको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।