संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको नयाँ समिति निर्विरोध निर्वाचित भएको छ ।

हिजो आइतबार सम्पन्न अधिवेशनले प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा सहप्राध्यापक डा. भरतकुमार भट्टराई, उपाध्यक्षमा नरनाथ लुइँटेल, महासचिव प्रा.डा. लक्ष्मणप्रसाद गौतम, सचिवमा घनेन्द्र ओझा र कोषाध्यक्षमा सहप्राध्यापक डा. नारायण शर्मा गैरे निर्वाचित भएका छन् ।

यसरी नै सदस्यमा केशव सिग्देल, प्रतीक ढकाल र लीला लुइँटेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रा.डा. देवीप्रसाद गौतमले जानकारी दिए ।





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार ७:४७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया