माओवादी केन्द्रका ४ प्रदेश सांसद कारबाहीमा

नेकपा माओवादी केन्द्रले प्रदेश २ का चारजना सांसदलाई बर्खास्त गरेको छ ।

माओवादी केन्द्र छाडेर नेकपा एमालेतर्फ लागेकोले पार्टीको केन्द्रीय समितिले प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई बर्खास्त गरेको हो ।

योसँगै उनीहरूको सांसद पद समेत गुमेको छ । यी चारैजना सांसदलाई बर्खास्त गरिएको पत्र नेकपा माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई समेत बुझाइसकेको छ ।

पार्टीले उनीहरूसँग स्पष्टीकरण सोधेको र २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरुलाई बर्खास्त गरिएको एकजना प्रदेशसभा सदस्यले जानकारी दिए ।

प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना मात्रै रहने भएका छन् ।





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १२:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया