यु-१९ क्रिकेटलाई वाई-वाईको साथ

नेपाली यु-१९ क्रिकेट टिमलाई चौधरी ग्रुपको उत्पादन वाई-वाई चाउचाउले प्रायोजन गरेको छ  । 

प्रायोजन सम्झौता पाँच वर्षको हुनेछ । सोमबार आयोजित एक कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार वाई-वाईले क्यानलाई हरेक वर्ष ७० लाख उपलब्ध गराउनेछ । हरेक २ वर्षमा १० प्रतिशत रकम वुद्धि हुनेछ । यो रकम यु-१९ को घरेलु तथा अन्तर्राष्ट्रिय खेलका लागि प्रयोग गरिनेछ । 

‘क्रिकेटसँग जोडिन पाउँदा निकै खुसी लागेको छ’ प्रबन्ध निर्देशक चौधरीले भने ‘सिनियर टोलीको मुख्य आधार भनेकै यु-१९ क्रिकेट हो, यसलाई बलियो बनाउन हामी सधैं सहयोग गर्न तत्पर छौँ ।’

क्यानका अध्यक्ष चन्दले प्रयोजनका लागि वाई-वाईलाई धन्यवाद दिँदै यसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको बताए ।





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १३:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया