सुन तोलामा सय रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको मूल्य समान्य वृद्धि भएको छ। छापावाल सुन सोमबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 

आइतबार तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत सातादेखि सुनको मूल्य लगातार बढ्दै ८७ हजार ५ सयबाट ८९ हजार ६ सय रुपैयाँसम्म पुगेको छ।

तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ८९ हजार १५० मा कारोबार भएकाे महासंघले जनाएको छ । 

सोमबार चाँदीको मूल्य भने प्रतितोला १ हजार २७५ रुपैयाँमा स्थिर छ। आइतबार तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७३७.३४ डलर र चाँदी प्रतिऔंस २५.०७ डलरमा कारोबार भएको छ।





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १३:२६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया