नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजन ‘माई सेकेन्ड टिचर’ले गर्ने भएको छ ।
राष्ट्रिय क्रिकेट टोलीको जर्सीसम्बन्धी सम्पूर्ण व्यावसायिक अधिकार पाएको एडप्याडले सोमबार आइएनजी ग्रुपको ‘माई सेकेन्ड टिचर’सँग सम्झौता गरेको हो ।
क्यानले गत जनवरीमा एडप्याडसँग राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा मुख्य प्रायोजक खोज्नेलगायत सम्पूर्ण व्यावसायीक अधिकारसम्बन्धी सम्झौता गरेको थियो ।
एक वर्षका लागि सम्झौता गरिएको बताइए पनि रकम भने खुलाइएको छैन । अब नेपालको जर्सीमा माई सेकेन्ड टिचरसहित आइएनजी ग्रुप र इस्लिङ्टन कलेजको लोगो प्रयोग हुनेछ ।
सम्झौता कार्यक्रममा माई सेकेन्ड टिचरका सहसंस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले नेपालको नयाँ जर्सी पनि सार्वजनिक गरे ।
नेपालले यो जर्सी आगामी वैशाख ४ देखि हुने नेदरल्यान्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि–२० सिरिजमा प्रयोग गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।