कर्णाली संसद वैशाख ३ गतेका लागि आह्वान गर्न सिफारिस

कर्णाली प्रदेश सरकारले प्रदेशसभाको बैठक (संसद बैठक) वैशाख ३ गते आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को चैत्र २९ गतेको बैठकले सातौँ अधिवेशनको वैठक वैशाख ३ गते दिउँसो २ बजेका लागि आह्वान गर्न सिफारिस गरेको हो । 

बैठकले एमालेबाट राजीनामा दिएका तीन मन्त्रीलाई बिदाइसमेत गरेको छ । हाल प्रदेश सरकार अल्पमतमा छ । एमाले र माओवादी पार्टी ब्युँतिएपछि एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय चैत्र ४ गते नै गरेको थियो । 

सरकारलाई साथ दिएका माधव नेपाल समूहका तीनजना मन्त्रीले चैत्र २४ गते निर्णयलाई मान्दै राजीनामा दिएका थिए । यसअघि कात्तिक ९ गते प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य भएको थियो । ७ महिनापछि सातौँ अधिवेशन आह्वान गर्न लागिएको हो । 

नेपालको संविधानमा भएको व्यवस्थाअनुसार समर्थन गरेको दलले आफ्नो समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिने प्रस्ताव गर्नुपर्दछ । एमालेले कर्णाली प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिएको वैशाख ३ गते नै ३० दिन पुग्नेछ । यता, मुख्यमन्त्री कार्यालयले प्रदेश सरकारले संसदबाट विश्वासको मत लिने बताएको छ । 





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १७:४८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया