सुपर लिगको उद्घाटनमा काठमाडौं र ललितपुर भिड्ने, यस्तो छ खेल तालिका !

नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्ने भएका छन् । आयोजकले लिगको खेल तालिका सार्वजनिक गरेको छ । 

वैशाख ११ गतेदेखि हुने प्रतियोगिताको पहिलो दिन एउटा खेल हुनेछ । आयोजकले प्रतियोगिताको समयावधि २१ दिनसम्म पुर्याएको छ । यसअघि १५ दिनमा सक्ने भनिएको प्रतियोगिताको समय एक साता थपिएको छ ।

लिग सुरु भएको दोस्रो दिन दुई खेल हुनेछन् । जसमा दिउँसो साँढे दुई बजे विराटनगर सिटी एफसी र धनगढी एफसी खेल्नेछन् । साँझ साँढे पाँच बजे पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी खेल्नेछन् ।

सात टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले पाउने रकमको टुंगो चाँडै लगाउने आयोजकले बताएको छ । प्रतियोगितामा विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, एफसी चितवन र धनगढी एफसीको सहभागिता रहने छ ।





  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार ८:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया