नेपाली बजारमा सुनको मूल्यमा समान्य गिरावट आएको छ। सोमबार एक सय रुपैयाँले बढेको सुन मंगलबार पुन: सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ८९ हजार ५० मा कारोबार भएको महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्यमा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।