तामाङ चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ वैशाख ४ मा प्रदर्शन हुँदै

तामाङ चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ वैशाख ४ गते प्रदर्शन हुने भएको छ । उक्त चलचित्र काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने भएको हो ।

बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण चलचित्र प्रदर्शन रोकिएको थियो । नायक कुमारले कोरोना

संक्रमण पहिलाको भन्दा निकै कम भइसकेको र निर्माण टिमले स्वास्थ्य मापदण्ड अपनाएर चलचित्र प्रदर्शन गर्ने हिम्मत देखाउनु ठूलो कुरा रहेको बताएका छन् ।

सक्सेस फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रलाई भगवती मोक्तानले निर्माण गरेकी हुन् । नायिका सीताले निर्देशन गरेको यस चलचित्रको कथा प्रकाश मोक्तानले तयार पारेका हुन् ।

चलचित्रमा नायक कुमार मोक्तान, नायिका सीता लामा, सुजिना गोले, पुसन लामा, विकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ, चन्द्र लामा, गोर्खा घिसिङ, अरुन लामा लगायत थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

 





  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १३:४१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया