भारतमा १० करोडले लगाए कोराना खोप, स्तुपनिकलाई पनि मान्यता
फाइल फोटो

पछिल्ला दिनमा भारतमा कोरोना संक्रमणको दर उच्च छ । भारतका कोरोना नियन्त्रण तथा रोकथामका लागि खोप अभियान चलिरहेको छ । 

खोप अभियानलाई तीब्रता दिनका लागि भारतले रुसी खोपलाई पनि आफ्नो देशमा प्रयोगका लागि अनुमित दिइएको छ । 

कोभिड–१९ विरुद्धको रुसी खोप ‘स्पुतनिक भी’ ले भारतमा आपतकालीन प्रयोगका लागि अनुमति पाएको हो ।

रसियन डाइरेक्ट इन्भस्टमेन्ट फन्ड (आरडिआइएफ) को आर्थिक सहयोगमा विकास गरिएको स्पुतनिक भी लाई भारतमा उत्पादन अनुमति मिलेको हो । 

भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डिज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादले जारी गरेको विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।  

भारतमा हाल अहिले सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड र भारत बायोटेकको कोरोनाभ्याकलाई अनुमति दिइएको छ ।



भारतको कोरोना खोप अभियान सुरु भएको ८५ दिन पुगेको छ । यस अवधिमा भारतमा करिब १० करोड डोज खोप दिइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो संख्या भारतको कुल जनसंख्याको ६.५ प्रतिशत हो । 

अहिले भारतमा ४५ वर्षमाथिकालाई खोप लगाउने अभियान चलिरहेको छ ।



  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १४:२२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया