त्रिकोणात्मक टी-२० सिरिज खेल्न नेपाल आइपुग्यो मलेसियन टिम

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको त्रिकोणात्मक टी-२० सिरिज खेल्नका लागि मलेसियन टोली नेपाल आइपुगेको छ । 

मलेसियाको टोली मंगलबार नेपाल आइपुगेको हो । उनीहरुलाई क्यान पदाधिकारीले स्वागत गरेका थिए । 
त्रिकोणात्मक टी-२० सिरिज बैशाख ४ देखि ११ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । 

तीन एसोसियट राष्ट्र नेपाल, मलेसिया र नेदरल्यान्ड्सले यो सिरिज खेल्दैछन् । 

डबल राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने छन् । 

मलेसियाले बैशाख ५ मा नेदरल्यान्ड्स विरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्ने छ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 





  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १५:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया