आइपिएल : मुम्बई र कोलकाता कुन बलियो ?

इन्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत मंगलबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्दै छन्। खेल चेन्नईस्थित चिदम्बरम क्रिकेट मैदानमा नेपाली समय अनुसार राति पौने ८ बजे हुनेछ। 

मुम्बई रोहित शर्मा र कोलकाता इयन मोर्गनको कप्तानीमा मैदानमा उत्रिदै छन्। पहिलो जितको खोजिमा रहेको मुम्बई रोहित सहित हार्दिक पाण्डेय, जसप्रित बुमराह, किरोन पोलार्ड, ट्रेन्ट बोल्ट जस्ता खेलाडीको साथ मैदानमा उत्रिने छ। मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग २ विकेटले पराजित भएको थियो। 

लगातार दोस्रो जितको प्रयासमा रहेको कोलकतालाई आज मोर्गनसहित साकिव अल हसन, आन्द्रे रसेल, प्याट कमिंस, हरभजन सिंह जस्ता खेलाडीको साथ रहनेछ।

कोलकाताले पहिलो खेलमा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको थियो। हालसम्म यी दुई टोली २७ खेलमा आमने सामने हुँदा मुम्बईले २१ र कोलकाताले ६ खेल आफ्नो पक्षमा पारेका छन्।

पछिल्ला पाँच खेलमा पनि मुम्बई नै बलियो स्थिति देखिन्छ। उसले ४ खेल आफ्नो पक्षमा पार्दा १ खेल गुमाएको छ। गत संस्करणका दुई भेटमा दुवै खेल मुम्बईले आफ्नो पक्षमा पारेको थियो। 
 





  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १६:१०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया