महोत्तरीमा नेपाली सेनाको जिप दुर्घटना हुँदा ५ जना घाइते, २ को अवस्था गम्भीर

महोत्तरीमा नेपाली सेनाको जिप दुर्घटना भएको छ । नेपाली सेना सवार बलेरो जिप खोल्सामा खस्दा ५ जना सैनिक घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी ३३ वर्षीय जमदार बुद्धमान राई, ३४ वर्षीय अमल्दार सन्तोष विष्ट, ३४ वर्षीय प्युठ अमल थापा, २४ वर्षीय दशरथ थारु र ३८ वर्षीय गाडी चालक चेतराज राई घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । घाइतेमध्ये जमदार राई र अमल्दार विष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी सामान्य घाइते भएकाहरूको बर्दिबासस्थित जनसेवा हस्पिटलमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाउन लागिएको छ । 

मध्यपूर्वी पृतना तालिम शिक्षालय धारापानी धनुषाबाट बर्दिबासतर्फ जाँदै गरेको बा२झ ४६३ नम्बरको जिप अनियन्त्रित भई खोल्सामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक कैलाश खत्रीले जानकारी दिए ।





  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १८:३०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया