निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै आयोगले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो ।
मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरूलाई नाम दर्ता गराउन अनुरोध गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम नभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न उत्प्रेरित गर्ने र सो कार्यका लागि जिल्ला निर्वाचन कार्यालयसम्म जाने-आउने लगायत विषयमा सहजीकरण गरिदिन सबै स्थानीय तहहरूलाई आयोगले आग्रह समेत गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।