प्रधानमन्त्री ओलीको संकेतः परिस्थिति बिग्रिए लकडाउन हुनसक्छ

पछिल्लो समय अन्य देशमा जस्तै नेपालमा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्दो छ । 

कोरोनाभाइरसको दोस्रो छालका कारण नेपालमा पनि अब फेरि लकडाउन हुनसक्ने सम्भावना बढेको बताउन थालिएको छ । 

यहीबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा तत्काल लकडाउन नहुने बताएका छन् । नयाँ वर्षको अवसरमा आज विहान देशवासीको नाममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले अहिले नेपालमा लकडाउन गर्नु पर्ने अवस्था नभएको बताएका हुन् । 

तर, उनले परिस्थिति थप बिग्रिँदै गएमा लकडाउन गर्न सकिने पनि संकेत गरेका छन् । 

‘सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन,’ प्रधानमन्त्री ओलीले सम्बोधनमा भने, ‘तर, विकसित देशहरु पनि लकडाउनमा जान बाध्य छन् ।’

प्रधानमन्त्री ओलीको यो सम्बोधनले नेपालमा पनि लकडाउन हुनसक्छ भन्ने संकेत गरेको छ । सँगसँगै प्रधानमन्त्री ओलीले परिस्थिति बिग्रन दिन नहुने र स्वास्थ्य मापदण्ड पनि पालना गर्नु पर्ने बताएका छन् ।





  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १४:५३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया