प्यूठान दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

प्यूठानमा आज दिउँसो भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । आज दिउँसो स्वर्गद्वारी नजिकै एक जिप दुर्घटनामा परेको थियो ।

प्यूठान जिल्ला प्रशासनले दिएको जानकारी अनुसार प्रशासन कार्यालयमा कार्यरत कर्मचारी लिएर लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी गएको थियो । 

मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी, मुसिकोट नगरपालिका–३ बस्ने का २२ वर्षका सवारी चालक केशव कार्की रहेका छन् ।

अन्य ११ जना दुर्घटनामा घाइते भएका छन् ।





  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १५:२१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया