विप्लवले गृहजिल्ला कपिलवस्तुमा केन्द्रीय सम्पर्क कार्यालय बनाउने
फरकधार / १ बैशाख, २०७८

फागुन २१ मा खुला राजनीतिमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कपिलवस्तुमा केन्द्रीय सम्पर्क कार्यालय खोल्ने भएको छ। नेकपा महासचिव विप्लवले आफ्नो गृह जिल्लास्थित शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको बुधबार शिलान्यास गरेका हुन्। 

नयाँ वर्ष २०७८ को अवसरमा विप्लवले पार्टीको केन्द्रीय कार्यालय भवन र सभागृहको शिलान्यास गरेका हुन्। खुला राजनीतिमा आएपछि विप्लवले आफूलाई काठमाडौं भन्दा जिल्लामा केन्द्रित गरेका छन्। उनीसहितका नेताहरु पछिल्लो समय जिल्ला जिल्लामा पुगेर संगठन विस्तार अभियान चलाइरहेका छन्। 


 

  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १५:२६:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया