गण्डकी प्रदेशमा अब मुख्यमन्त्री नेपाली कांग्रेसले पाउने सम्भावना बढेको छ । राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने घोषणा गरेको छ । त्यस्तै, माओवादी केन्द्रले पनि गण्डकी प्रदेशमा कांग्रेसलाई समर्थन गर्ने भएको छ ।
योसँगै अब गण्डकी प्रदेशमा मुख्यमन्त्री कांग्रेसले बनाउने भएको छ ।
कांग्रेसका गण्डकी प्रदेशका मुख्य सचेतक कृष्णचन्द्र नेपाली अब गण्डकीका मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । यसका लागि कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने भएका छन् ।
यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णयपछि माओवादी केन्द्रले आफूले प्रदेश सरकारलाई नेतृत्व गर्ने सम्भावना बढाएको थियो । तर, केन्द्रमा कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वार्तापछि प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउने भएको हो ।
योसँगै अब गण्डकीमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी तीव्र पारिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।