‘जलेर खरानी’को म्युजिक भिडियो सार्वजनिक

नयाँ नेपाली वर्ष २०७८को अवसर पारेर  गायक राज लिम्बूले आफ्नो नयाँ गीत ‘जलेर खरानी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। 

सेन्टिमेन्टल भर्सनको यस गीतमा प्रेमीले प्रेमिका प्रति प्रेम भाव दर्शाएका छन्। यस गीतमा स्वर, शब्द र संगीत स्वयं गायक लिम्बूको छ। यस गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

नयाँ वर्ष मनाउन प्रेमीको घर आइरहेकी प्रेमिकालाई प्र्यांक गर्दा प्रेमिकाले ज्यान गुमाउनु पर्दाको पश्चताप र पीडा म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ।  म्युजिक भिडियोमा पहिलोपटक गायक लिम्बू फिचर्ड भएका छन्।  

यसका साथै भिडियोमा विष्णु कट्टेल र प्रेम तामाङको समेत अभिनय देख्न सकिन्छ। विष्णुको अभिनय तारिफयोग्य छ। इजरायलमा छायांकन भएको यस गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो।  गायक लिम्बूको आधिकारिक च्यानल ‘राज लिम्बू’मार्फत भिडियो सार्वजनिक गरिएको हो।  





  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १८:५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया