प्रदेश २ मा बुधबार बालबालिकासहित ३१ नयाँ संक्रमित थपिए

प्रदेश नम्बर २ मा बुधबार ३१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । बुधबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी अस्पताल वीरगञ्जमा गरिएको परिक्षणमा सबभन्दा बढी पर्सामा २३ जना संक्रमित भएका छन् । त्यस्तै, महोत्तरीमा ३, धनुषामा २, बारामा २ र रौतहटमा १ जना संक्रमित थपिएका हुन् ।
 
पर्सामा संक्रमित हुनेमा वीरगञ्ज महानगरपालिका–१ का २६ वर्षीय एक पुरुष, वीरगञ्ज महानगरपालिका–२ का ५६ वर्षीया एक महिला र ३७ वर्षीय एक पुरुष, वीरगञ्ज महानगरपालिका–४ का २९ र ४० वर्षीय २ पुरुष, वीरगञ्ज महानगरपालिका–८ का २६ वर्षीय एक पुरुष, वीरगञ्ज महानगरपालिका–९ का ३० वर्षीय एक पुरुष, वीरगञ्ज महानगरपालिका–१० का ५२ वर्षीया एक महिला र २४ एवं ३८ वर्षीय २ पुरुष, वीरगञ्ज महानगरपालिका–१४ का ४३ वर्षीया एक महिला, वीरगञ्ज महानगरपालिका–१५ का ३ वर्षीय एक बालक, वीरगञ्ज महानगरपालिका–३१ का ५५ वर्षीया एक महिला, बहुदरमाई नगरपालिका–३ का ३, ९ र १० वर्षीया ३ बालिका तथा २४ वर्षीया एक महिला तथा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय एक पुरुष तथा छिपहरमाई गाउँपालिका–५ का २६ वर्षीय एक पुरुष रहेका छन् । 

त्यस्तै, महोत्तरीका संक्रमितहरु एकडारा गाउँपालिकाका २० वर्षीय एक युवक र बर्दिबास नगरपालिका–३ का ४७ वर्षीया एक महिला र ५१ वर्षीय एक पुरुष रहेका छन् । धनुषामा संक्रमित हुनेमा जनकपुरधाम उपमहानगरपालिका–१ का ६४ वर्षीय एक पुरुष र विदेह नगरपालिकाका २० वर्षीय एक युवक रहेका छन् ।
 
बाराको कलैया उपमहानगरपालिका–२ का ५९ वर्षीय एक पुरुष र जितपुर सिमरा उपमहानगरपालिका–१९ का ४९ वर्षीय एक पुरुष संक्रमित भएका छन् । त्यस्तै, रौतहटको गढिमाई नगरपालिका–७ का २६ वर्षीय पुरुषसमेत संक्रमित भएका छन् ।
 
यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ३४ पुगेको छ । आज संक्रमित भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा.कमलेशप्रसाद यादवले जानकारी दिए । 

सप्तरीमा रहेको २ सय ५०, सिरहामा १ सय, धनुषामा ४२, रौतहटमा ८४, बारामा १५ र पर्सामा १५ गरि प्रदेशभरिमा रहेको ५ सय ६ बेड क्षमताका आइसोलेसनमा पर्सामा मात्रै २ जना भर्ना रहेका छन् । महोत्तरी र सर्लाहीमा अहिले आइसोलेसन सेन्टर नै छैनन् । 

यस प्रदेशमा सप्तरीमा ३, सिरहामा ८, धनुषामा २१, महोत्तरीमा १०, सर्लाहीमा २, रौतहटमा २, बारामा ४१ र पर्सामा १ सय ३५ जना गरी जम्मा २ सय २२ जना व्यक्ति होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । प्रदेशमा अहिले कुनै पनि ठाउँमा क्वारेन्टाइन छैनन् भने होम क्वारेन्टाइनसमेत खाली छन् । 

प्रदेशभर बुधबारसम्म सप्तरीमा २१ हजार २ सय ५०, सिरहामा १२ हजार ५ सय ६०, धनुषामा २१ हजार ९ सय ३४, महोत्तरीमा ९ हजार ३७, सर्लाहीमा १४ हजार ५ सय ५, रौतहटमा २४ हजार ३ सय ८२, बारामा १२ हजार ५ सय ८३ र पर्सामा ३१ हजार ८ सय २ गरी जम्मा १ लाख ४८ हजार ५३ जनाको स्वाब परीक्षण गरिएकोमा १७ हजार ४ सय ३४ जना संक्रमित भएका छन् भने १ लाख ३० हजार ५ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

धनुषाका २४ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज सप्तरीमा १, सिरहामा ४, धनुषामा २४, महोत्तरीमा ६, सर्लाहीमा १, रौतहटमा ४, बारामा २ र पर्सामा ४९ गरी जम्मा ९१ जनाको स्वाब संकलन गरिएको छ ।



प्रदेश २ मा अहिलेसम्ममा सबैभन्दा बढी पर्सा जिल्लामा ३ हजार ४ सय ३४ जना संक्रमित भइसकेका छन् । धनुषामा २ हजार ६ सय ८५, रौतहटमा २ हजार १ सय ७४, सर्लाहीमा २ हजार ४९, महोत्तरीमा १ हजार ८ सय ३६, सप्तरीमा १ हजार ८ सय ३५, बारामा १ हजार ७ सय ५५ र सिरहामा १ हजार ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमितमध्ये १६ हजार ९ सय ९८ जना निको भई आ–आफ्नो घर फर्किसकेका छन् । जसमध्ये १४ हजार ३२ पुरुष र २ हजार ९ सय ६६ महिला रहेका छन् । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या २ सय २४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा ४० महिला र १ सय ७२ पुरुष गरी २ सय १२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ५३, सप्तरीमा ४१, सिराहामा २५, धनुषामा २५, बारामा २५, महोत्तरीमा १८, सर्लाहीमा १४, रौतहटमा १० र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १८:२१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया