दुष्प्रयासको पहिलो पोस्टर सार्वजनिक

महिला हिंसा, हत्या, अपहरणलगायतका समाजमा भइरहेका आपराधिक गतिविधिविरुद्ध आवाज उठाइएको फिल्म ‘दुष्प्रयास’ आगामी असार २५ गते रिलिज हुने भएको छ ।

रीता देवी मुभिजद्वारा निर्माण गरिएको फिल्मको मंगलबार राजधनीमा फस्टलुक सार्वजनिकसँगै फिल्मको रिलिज मिति सार्वजनिक गरिएको हो ।

फस्टलुकको नेकपा माओवादी स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री देव गुरुङले अनावरण गरे । कार्यक्रममा फिल्मका कथाकार तथा निर्देशक दिनेश लिङ्देनले कोभिड महामारीको अवस्थामा पनि आफूले जोखिम मोलेरै फिल्म रिलिज गर्ने बताए ।

फिल्ममा निशा पोमु लिम्बू, सोम लामा, प्रिजन श्रेष्ठ, सुस्मिता कार्की, अजय खडका, कल्याण राई, निरु महत, देविका खड्का, प्रदीप योङहाङ, दिलीप ठकुरी, महेन्द्रकुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामा तथा बाल कलाकार सुदिता लिङदेनको अभिनय छ ।

दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा जानु काम्बाङ लिङ्देन र शंकर अधिकारी घायलको गीत, विकास चौधरी, राजकुमार बगरको संगीत, राजेशपायल राई, अमृता लिम्बू, दिनेश लिङ्देन र श्रेयसी चेम्जोङको स्वर छ ।

सुमित लिङ्देनको प्रस्तुति रहेको फिल्ममा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व र ज्ञानु राईको छायांकन छ ।



रीता देवी मुभिज तथा नेपाल चलचित्र युवा मञ्चको आयोजनामा भएको कार्यक्रममा त्रिभुवन लुम्फुङवा, डा. सुनिता भट्टराई, मेकबहादुर मगर, प्रेम आले मगर, बाल कलाकार दिविसा सापकोटा, भीम थेबे लिम्बूलगायतलाई सम्मान गरिएको थियो ।



  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १९:०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया