चितवनमा सडक दुर्घटना : एकको मृत्यु, चार घाइते

चितवनमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । भरतपुर महानगरपालिका–२६ मा खहरेघारीबाट घादु्रकचोकतर्फ जाँदै गरेको ना ४२ प ६१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो । 

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक भरतपुर–२६ कै ४० वर्षीय दीपेन्द्र चौधरीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मोटरसाइकल पछाडि सवार भरतपुर–२५ का २२ वर्षीय अमित महतो दुर्घटनामा घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 

यस्तै, आज दिउँसो २ः५५ बजे रत्ननगर नगरपालिका–२ बेल्सिपुल नजिक भएको दुर्घटनामा तीनजना घाइते भएका छन् । ना३५प ६५०२ नम्बरको स्कुटरले विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०३–००१ प २६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई बा२ख ४५२२ नम्बरको बसमा ठोक्किन पुगेको थियो । 

सो क्रममा स्कुटर र मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार २०:४४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया