आइपिएल : नाटकीय पुनरागमन गर्दै खेल बैंग्लोरले जित्यो

इन्डियन प्रिमियर लिग(आइपिइल)मा रोयलच्यालेन्जर्स बैंग्लोरले रोमाञ्चक जित हात पारेको छ। बैंग्लोरले सनराइजर्स हैदरावादलाई ६ रनले हराएको हो। 

चेन्नईस्थित माचिदम्बरम रंगशालामा भएको खेलमा हैदरावादले टस जितेर ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो। १५० रनको सामान्य लक्ष्य पाएको हैदरावालले २० औभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो। 

दुवै टोलीले सुरुमा राम्रो ब्याटिङ गरेका थिए। पछि लगातार विकेट गुमाउँदा कम स्कोरमै समेटिएका हुन्।  बैंग्लोरका ग्लेन म्याक्सवेल सर्वाधिक ५९ रन बनाए चौथो नम्बरमा ब्याटिङमा आएका म्याक्सवेलले ४१ बल खेल्दा ५ चौका र ३ छक्का प्रहार गरेका उनी अन्तिमसम्म टिकेर खेले। उनीपछि विराट कोहलीले ३३ रन बनाउनु बाहेक अन्य बयाट्सम्यानले राम्रो योगदान गर्न सकेनन्। पहिलो खेलमा राम्रो प्रदर्शन गरेका एबी डेभिलियर्स १ रनमै आउट भए। हैदरावादका लागि होल्डरले ३ र रशिद खानले २ विकेट लिए। 

१५० रनको लक्ष्य पाएर ब्याटिङ गरेको हैदरावाद सहजै जिततर्फ अघि बढेको थियो। तेस्रो ओभरमा १३ रन बनाउँदा ओपनर रिद्धिमान साहलाई गुमाएको हैदरावादका लागि कप्तान डेविड वार्नर र मनिस पाण्डेयले राम्रो साझेदारी गर्दै १३ ओभरमा ९६ रनको अवस्थामा पुर्याएका थिए। चौधौँ ओभरमा दोस्रो बलमा वार्नर आउट भएपछि बैग्लोरले खेलमा नाटकीय पुनरागमन गर्दै हैदरावादका ब्याट्सम्यानलाई रोक्न सफल भयो। 

बीचमा धर्मराएका ब्याटिङलाई गति दिँदै अन्तिम समयमा रशिद खानले जितको आशा देखाएका थिए। तर उनी पनि रनआउट हुँदा खेल बैंग्लोरको पक्षमा गएको हो। 



हैदरावादका लागि वार्नरले ३७ बलमा ५४ र मनिष पाण्डेयले ३९ बलमा ३८ र रशिद खानले ९ बलमा १७ रनको योगदान गरे। अन्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन्। 

१६औँ ओभरको खेल सकिँदा २४ बलमा हैदरावादलाई जम्मा ३५ रन चाहिएको थियो। हातमा ८ विकेट बाँकी थियो। सहज जिततर्फ अघि बढिरहेको हैदरावादको १७औँ ओभरमा शाहबज अहमेदले ३ विकेट लिएपछि खेल बैंग्लोरको पक्षमा ढल्किएको थियो। 



शाहबजले ३ विकेट लिँदा मोहमद सिरजले २ विकेट लिए। अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा आएका हर्सल पटेलले पहिलो बलमा १ र दोस्रो बलमा २ रन दिए। त्यसपछि तेस्रो बल नो बल भयो। यमा रशिद खानले चौका प्रहार गरे। फ्री हिटको अवसर आउँदा हैदरावादका लागि जित सहज देखिएको थियो।रशिदले फ्री हिटमा कुनै रन बनाउन सकेनन् । तयसपछि लगातार २ विकेट लिँदै पटेटले जित बैग्लोरको पोल्टामा पारे। 

जितपछि २ खेलबाट ४ रन बनाएको बैंग्लोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हैदरावाले लगातार दोस्रो खेलमा हार व्यहोरेको हो। 

  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार ७:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया