नयाँ वर्षमा बढ्यो सुनचाँदीको मूल्य

वर्ष २०७८ को दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज नेपाली बजारमा छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चैतको अन्तिम दिन छापावाल सुनको मूल्य ८९ हजार ५ सय रुपैयाँ रहेको थियो । 

यस्तै, तेजाबी सुन आज नेपाली बजारमा प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

आज नेपाली बजारमा चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार १३:५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया