बलिउड अभिनेत्री करिना कपुरले फ्रेबुअरीमा दोस्रो सन्तानलाई जन्म दिइन् । उनी दोस्रो पटक आमा बनेपछि उनलाई भेट्न बलिउडका हस्तीहरु उनको घरमा पुगे, तस्वीर खिचेर सामाजिक सन्जालमा राखे ।
उनलाई उनको दोस्रो सन्तानका लागि धेरैले बधाई दिए । तर, अचम्मको कुरा के भने करिनाकी सासू तथा अभिनेत्री शर्मिला टेगोरले अहिलेसम्म उनको छोराको अनुहार हेरेकी छैनन् ।
अनि यो खुलासा गरेकी हुन्, करिनाले ।
तर, यो उनीहरुको खराब सम्बन्धका कारण चाहिँ होइन । आफूहरुबीच निकै राम्रो सम्बन्ध भएको पनि करिनाले खुलासा गरेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।