भारतमा कोरोनाभाइरसको दोस्रो छाल निकै गम्भीर देखिएको छ ।
भारतमा पछिल्ला दिन कोरोनाभाइरस संक्रमितको संख्या निकै बढ्दै पनि छ । पछिल्लो समय भारतमा दैनिक एक लाखभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिन थालेका छन् ।
यहीबीच पछिल्लो २४ घन्टामा भारतमा २ लाखभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएका छन् । भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७ सय ३९ जना कोरोनाभाइरस संक्रमित भेटिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यहीबीच यो समयमा भारतमा १ हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अब कोरोनाभाइरस संक्रमितको सक्रिय संख्या १४ लाख ७० हजारभन्दा बढी भइसकेको छ । अनि भारतमा अहिलेसम्म कोरोनाका कारण १ लाख ७३ हजार १ सय २३ जनाले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।