कोरोनाभाइरसः दिल्लीमा सप्ताहन्तमा कर्फ्यू

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाउने घोषणा गरेका छन् ।

बिहीबार एक पत्रकार सम्मेलनमा केजरीवालले यो घोषणा गरेका हुन् ।

उनले दिल्लीमा देखिएको कोरोनाभाइरसको चौथो लहर निकै गम्भीर भएको पनि बताएका छन् । उनले दिल्लीमा आफूले कोरोनाभाइरस संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने पनि बताएका छन् । 

यसका साथसाथै दिल्लीमा जिम, स्पा, फिल्म हल तथा मलहरु पनि बन्द गरिने भएको छ । रेष्टुरेन्टमा बसेर खान नपाउने नियम पनि दिल्लीले लगाएको छ । 

दिल्लीमा मास्क नलगाइ हिँड्नेलाई कारवाही गरिने भइएको छ ।





  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार १४:१२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया