\
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले सबै क्षेत्रमा विकास र प्रविधिको उपयोग गर्दै सफलता हात पारेको बताएका छन् । 'मेरो कित्ता' एप सार्वजनिक गर्ने समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको विकास र सदुपयोगमा सरकार सफल भएको बताए ।
जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने एप 'मेरो कित्ता'लाई सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारमार्फत जमीनको आधुनिक तरिकाले सदुपयोग गर्न दूरगामी काम भएका दावी गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, 'यही एक वर्षमा सगरमाथाको उचाइ नापिएको छ । डिजिटल स्वइल म्यापिङ भएको छ । ल्याण्ड इन्फर्मेसन सिस्टम तयार भएकाे छ । यही एक वर्षमा मेरो कित्ता पनि डेभलप भएको छ ।'
प्रधानमन्त्री ओलीले भूमि आयोगमार्फत अहिले देशमा रहेको जमिनसम्बन्धी सबै समस्याहरूको पूर्ण समाधान गर्ने बताएका छन् । आयोगले जमीनको व्यवस्थापनका लागि आवश्यक योजनाहरु बनाएर समस्याहरूको समाधान गर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, 'जमीन एकातिर, धनीपूर्जा एकातिर, बसोबास एकातिर यसप्रकारको स्थितिलाई अन्त्य गरेर सुकुम्बासी समस्या, अव्यवस्थित बसोबासको समस्यालगायत भूमिसम्बन्धी अनसल्भ्ड समस्याहरु समाधानमा भूमि आयोग लाग्नेछ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।