स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको तीनसहित विभिन्न १४ जिल्लामा सार्वजनिक क्षेत्रका गतिविधि बन्द गर्नका लागि आग्रह गरेको छ । कोरोना संक्रमणको जाेखिम उच्च भएका १४ जिल्लामा विद्यालयसहितका सार्वजनिक क्षेत्र बन्द गर्नका लागि मन्त्रालयले आग्रह गरेको हो ।
उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरसहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङमा विद्यालयसहित मनोरञ्जन, खेलकुद र रात्रिकालीन व्यावसाय बन्द गर्नका लागि मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै ती जिल्लामा सार्वजनिक क्षेत्र तत्काल बन्द गर्नेगरी निर्णय आवश्यक भएपनि अहिलेका लागि आग्रह मात्रै गरेको जनाएको छ । विज्ञप्तिमा मन्त्रालयले विभिन्न ८ वटा आग्रह गरेको छ ।
यस्तो छ मन्त्रालयको विज्ञप्ति
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।