प्रदेश २ कोरोना अपडेट : बिहीबार एकजनाको मृत्यु, १२ नयाँ संक्रमित थपिए

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ भने १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

आज मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–२ बस्ने ४२ वर्षीया महिला रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिएका छन् । आइसोलेसन वार्डको आइसियुमा उपचारको क्रममा आज बिहान करिब सबा ८ बजे उनको मृत्यु भएको उनले बताए । 

स्वास्थ्य समस्या बढेपछि चैत २९ गते बेलुका ८ बजे उनलाई नारायणी अस्पतालामा भर्ना गरिएको थियो । सोही दिन गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, यस प्रदेशमा आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गौर अस्पताल रौतहटमा गरिएको परीक्षणमा धनुषामा ५, महोत्तरीमा ४ र रौतहटमा ३ जना संक्रमित थपिएका छन् ।

धनुषामा संक्रमित हुनेहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ का १९ वर्षीय एक युवक, मिथिलाविहारी नगरपालिका–३ का १९ वर्षीय एक युवक, सहिदनगर नगरपालिका–७ का ३९ वर्षीय एक पुरुष, गणेशमान चरनाथ नगरपालिका–९ का २० वर्षीय एक युवक र सबैला नगरपालिका–१० का १८ वर्षीय एक युवक रहेका छन् । 

त्यस्तै, महोत्तरीका संक्रमितमा सोनमा गाउँपालिका–४ का १८ वर्षीय एक युवक, बर्दिबास नगरपालिकाका ७५ वर्षीय एक वृद्ध, रामगोपालपुर नगरपालिका–५ का १९ वर्षीय एक युवक र जलेश्वर नगरपालिका–३ का २१ वर्षीय एक युवक रहेका छन् ।
 
रौतहटको गरुडा नगरपालिका–६ का ५५ वर्षीय एक पुरुष, राजदेवी नगरपालिका–२ का ४४ वर्षीय एक पुरुष र गौर नगरपालिका–२ का २९ वर्षीय एक पुरुष समेत संक्रमित भएका छन् । 



यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४६ पुगेको छ । आज संक्रमित भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादवले जानकारी दिए ।

सप्तरीमा रहेको २ सय ५०, सिरहामा १ सय, धनुषामा ४२, रौतहटमा ८४, बारामा १५ र पर्सामा १५ गरि प्रदेशभरिमा रहेको ५ सय ६ बेड क्षमताका आइसोलेसनमा पर्सामा मात्रै २ जना भर्ना रहेका छन् । महोत्तरी र सर्लाहीमा अहिले आइसोलेसन सेन्टर नै छैनन् ।



यस प्रदेशमा सप्तरीमा ३, सिरहामा ८, धनुषामा २६, महोत्तरीमा १४, सर्लाहीमा २, रौतहटमा ५, बारामा ४१ र पर्सामा १ सय ३४ जना गरी जम्मा २ सय ३३ जना व्यक्ति होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । प्रदेशमा अहिले कुनै पनि ठाउँमा क्वारेन्टाइन छैनन् भने होम क्वारेन्टाइन समेत खाली रहेका छन् ।

प्रदेशभरमा बिहीबारसम्म सप्तरीमा २१ हजार २ सय ५०, सिरहामा १२ हजार ५ सय ६०, धनुषामा २१ हजार ९ सय ३४, महोत्तरीमा ९ हजार ३७, सर्लाहीमा १४ हजार ५ सय ५, रौतहटमा २४ हजार ३ सय ८२, बारामा १२ हजार ५ सय ८३ र पर्सामा ३१ हजार ८ सय २ गरी जम्मा १ लाख ४८ हजार ५३ जनाको स्वाब परीक्षण गरिएकोमा १७ हजार ४ सय ४६ जना संक्रमित भएका छन् भने १ लाख ३० हजार ६ सय १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

धनुषाका १७ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज धनुषामा १७, महोत्तरीमा ५ र रौतहटमा ५ गरी जम्मा २७ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ मा अहिलेसम्ममा सबैभन्दा बढी पर्सा जिल्लामा ३ हजार ४ सय ३४ जना संक्रमित भइसकेका छन् । धनुषामा २ हजार ६ सय ९०, रौतहटमा २ हजार १ सय ७७, सर्लाहीमा २ हजार ४९, महोत्तरीमा १ हजार ८ सय ४०, सप्तरीमा १ हजार ८ सय ३५, बारामा १ हजार ७ सय ५५ र सिरहामा १ हजार ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमित मध्ये १६ हजार ९ सय ९८ जना निको भई आ–आफ्नो घर फर्किसकेका छन् । जसमध्ये १४ हजार ३२ पुरुष र २ हजार ९ सय ६६ महिला रहेका छन् । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या २ सय ३५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा ४१ महिला र १ सय ७२ पुरुष गरी २ सय १३ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ५४, सप्तरीमा ४१, सिरहामा २५, धनुषामा २५, बारामा २५, महोत्तरीमा १८, सर्लाहीमा १४, रौतहटमा १० र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार २०:२०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया