भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस संक्रमितको संंख्या फेरि निकै बढ्न थालेको छ ।
पछिल्लो २४ घन्टामा दिल्लीमा १७ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै दिल्लीमा कोरोनाभाइरसलाई लिएर निकै गम्भीर अवस्था आएको त्यहाँको सरकारले बताएको छ ।
यसअघि नै दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले सप्ताहन्तमा कर्फ्यू लगाउने घोषणा गरिसकेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।