भारतको महाकुम्भ मेला कोरोनाको कुम्भ बन्दै, संक्रमित साधुको मृत्यु
महाकुम्भ मेलामा सहभागी आएका साधुहरु ।

भारतको उत्तराखण्ड हरिद्वारमा अहिले कुम्भ मेला चलिरहेको छ । सबैभन्दा धेरै मान्छे जम्मा हुने मेला हो कुम्भ मेला । भारतको कोरोना संक्रमणले रफ्तार लिइरहेको बेला कुम्भ मेलाका कारण संक्रमणलाई थप बल पुगेको छ । 

कुम्भ मेलामा सहभागी एक साधुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उत्तराखण्ड प्रशासनलाई उद्धृत गर्दै भारतीय मिडियाले दिएको खबर अनुसार कुम्भ मेलामा सहभागी एक महामण्डलेश्वर साधुको कोरोनाबाट मृत्यु भएको हो । 

कपिल देवदास नामका ती साधु ६५ वर्षका थिए । मेलामा सहभागी भइरहेका उनलाई केही दिनदेखि उच्च ज्वरो देखिएको थियो । श्वास–प्रश्वासमा समेत समस्या देखिएको थियो । १२ अप्रिलमा देहरादुनको एक अस्पतालमा भर्ना भएका उनको पिसिआर परीक्षण गर्दा  कोभिड–१९ पोजेटिभ देखियो । बिहीबार ती साधुको मृत्यु भएको हो । 

त्यहाँको प्रशासनले जनाए अनुसार अहिलेसम्म कुम्भ मेलामा सहभागी ३० भन्दा धेरै साधुहरूलाई संक्रमण देखिइसकेको छ । संक्रमित हुने साधुको संख्या बढिरहेको छ। शनिबारबाट मेलामा सहभागी साधु–सन्तहरुको पिसिआर परीक्षणको दर बढाउने तयारी गरिएको छ। 

महाकुम्भ मेलाकै कारण उत्तराखण्डमा संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । 





  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार १४:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया