बागमती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन
फाइल तस्बिर

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शुक्रबार प्रदेश सभाको संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो ।

एमाले संसदीय दल, बागमती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले प्रदेश बोर्डमा नेता पौडेल, आफू स्वयम्, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरूण नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्वती बाटी रहेरको जानकारी दिए । पाण्डेका अनुसार संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री पौडेलले तीन सदस्य मनोनीत गर्नेछन् । बोर्डमा दलका उपनेता र सचेतक पदेन सदस्य रहने व्यवस्था रहेको जनाइएको छ ।

संसदीय दलको आजको बैठकले संसदीय दलको संशोधित विधानलाई पारित गर्ने निर्णयसमेत गरेको प्रमुख सचेतक पाण्डेले बताए ।





  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार १४:५०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया