प्रधानमन्त्री केपी शर्मा ओलीले डाके सर्वदलीय बैठक
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ११ बजेका लागि सर्वदलीय बैठक डाकेका छन् । समसामयिक विषयमा छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच वार्ता भइरहेको र सरकार समेत संकट परेको अवस्थामा ओलीले सर्वदलीय बैठक डाकेका हुन् । 

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीसँग टेलिफोन वार्ता भएको बताएका छन् । ललितपुरको एक कार्यक्रममा बोल्दै दाहालले ओलीले आफूलाई फोन गरेको बताएका थिए ।





  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार १५:१४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया