सरकारले दुई सिफ्टमा विभाजन गरेर विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन भनेको हो। उसले सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो ।
मन्त्रालयले स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न भनेको छ। धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर दुई सिफ्टमा चलाउन मन्त्रालयले भनेको छ।
यद्यपि तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयले विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएको छ।
कोरोना संक्रमण फैलिएको वा जोखिम उच्च भएको भनेर पहिचान गरेका जिल्ला, शहर र स्थान विशेषको हकमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को समन्वयमा सम्बन्धित स्थानीय तहले निर्णय गर्न मन्त्रालयले भनेको छ। त्यस्ता विद्यालयहरु बन्द वा तोकिए बमोजिम सञ्चालन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।