भारतमा पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण भएको छ । एकैदिनमा १ हजार १८३ जना संक्रमितको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ४२ लाख ८७ हजार ७४० पुगेको छ ।
भारतपछि सबैभन्दा धेरै संक्रमित ब्राजिलमा फेला परेका छन् । त्यहाँ हिजो मात्रै ८० हजार ५ सयभन्दा धेरै संक्रमित थपिँदा ३ हजार ७ ७४ जनाको मृत्यु भएको छ ।
यसैगरी, अमेरिकामा थप झण्डै ७२ हजार संक्रमित फेला परेका छन् भने ८७७ जनाको मृत्यु भएको छ भने टर्कीमा करिब ६१ हजार, फ्रान्समा ३८ हजार, जर्मनीमा ३० हजार र अर्जेन्टिनामा २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।
पछिल्लो समय विश्वभरी कोरोना संक्रमितको दर बढिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।