विदेशी भूमिमा नेपाली श्रमिकको व्यथा समेटिएको ‘सनैया’को चर्चा

पत्रकार होम कार्कीले विदेश भूमिमा रहेका नेपाली श्रमिकको भोगाइ समेटेर लेखेको पुस्तक ‘सनैया’ सार्वजनिक भएको दुई सातापछि  हेटौंडामा चर्चा भएको छ। पत्रकार कार्कीको गृह नगर हेटौंडामा साहित्यकार, प्राध्यापक, पत्रकार, राजनीतिक दल लगायत विभिन्न क्षेत्रका प्रतिनिधिबीच पुस्तकको समीक्षा र छलफल भएको हो। 

पुस्तकबारे टिप्पणी गर्दै प्राध्यापक घनश्याम घिमिरेले साहित्यिक कृति भन्दा धेरै यथार्थपरक दस्तावेज रहेको बताएका छन्। आलोचनात्मक समीक्षा  गरेका घिमिरेले कृतिमा साहित्यिक रसको अभाव रहेको औंल्याएका छन्। उनले साहित्यकारहरूले खोज्ने कला नभेटिए तापनि नेपाली समाजको कहालीलाग्दो कथा भेटिने घिमिरेले बताए।

कार्यक्रममा साहित्यकार सुवास खनालले  ‘सनैया’ पत्रकारहरुले गर्ने रिर्पोटिङलाई जोडेर ब्याख्या गरे। उनले एउटा पत्रकारले देखाउन सक्ने खाडी मुलुकका दुखान्तलाई कार्कीले किताब देखाउन सकेको दाबी गरे। उनले  कृतिलाई एउटा दस्तावेज मात्रै नभई चलचित्र निर्माण गर्न सक्ने कथाको रुपमा ब्याख्या गरेका थिए। 

कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्टले होम कार्कीको ‘सनैया’ले पत्रकारहरुको गौरव बढाएको बताए। उनले हरेक पेशाकर्मीहरुले आफ्नो काम इमानदारिता साथ गर्दै सामाजिक काम गर्ने हो भने सामाजिक अवस्थमा परिवर्तन गर्न सक्ने भन्दै  समाचारमा नअटाएका धेरै विषय पुस्तक मार्फत आएको भन्दै लेखकप्रति आभार प्रकट गरे।

लेखकले कतार प्रतिनिधिका रुपमा काम गर्दा खाडी क्षेत्रमा श्रम गरिरहेका ५४० जना नेपालीसँग गरेको कुराकानी र अन्तर्वार्तामा आधारित छ पुस्तक। कार्की विगत एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाको रिपोर्टिङमा संलग्न छन्।

त्यस क्रममा चार वर्ष १८ अध्यायमा बाँडिएको यो किताबमा आप्रवासी मजदुरहरूको उत्पीडन र संघर्षको चक्रलाई भिन्न–भिन्न पात्र र कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ।  सनैया किताब पब्लिसर्सले प्रकाशन गरेको हो। 





  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार २३:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया