सुर्खेतबाट धरान जाँदै गरेको बस र टिप्पर ठोक्किँदा ५ जनाको मृत्यु

सुर्खेतबाट धरान जाँदै गरेको बस शुक्रबार राति बाँकेको कोहलपुरमा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका छन्। कोहलपुर नगरपालिका-१२ रोहिणी खोला नजिक यात्रु बर टिपरसँग ठोक्किँदा ५ जनाको मृत्यु भएको हो।

दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिइएको छ। सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस शुक्रबार साँझ पौने ६ बजेतिर विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले दुर्घटनामा पाँचजनाको ज्यान गएको बताए। दुर्घटनाका घाइतेलाई कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा टिप्पर​का सह-चालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार छ। त्यसैगरी बसमा सवार ४१ वर्षीय जीवन कुमार विक र छत्रबहादुर कटुवाल छन्। दुर्घटना ज्यान गुमाएकी ३५ वर्षीया महिलाको पहिचान खुलेको छैन।





  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार २३:५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया