नेपाल आयोजक रहेको त्रिकोणात्मक क्रिकेट सिरिज आजदेखि सुरु हुँदैछ । नेपाल, नेदरल्यान्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-२० सिरिज आजदेखि सुरु हुन लागेको हो ।
सिरिजको उद्घाटन खेलअन्तर्गत आज त्रिवि क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड भिड्दैछन् । आयोजक नेपाल र नेदरल्यान्डबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
सिरिजको उद्घाटन खेलमा जित निकाल्ने लक्ष्यसहित नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । नेदरल्यान्ड पिटर सिलारको कप्तानीमा मैदान उत्रने छ । बलियो टिम नेदरल्यान्ड नेपाललाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।
यता, नेपाली टिममा पूर्वकप्तान पारस खड्का हुने छैनन् । चोटका कारण पारस सिरिजबाट बाहिर रहेका छन् ।
नेपालले सिरिजको दोस्रो खेलमा मलेसियासँग वैशाख ६ गते र तेस्रो खेलमा नेपालले नेदरल्यान्डसँग वैशाख ७ मा खेल्नेछ । अन्तिम लिग खेलमा नेपालले वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।