माधव नेपाललाई अब शंकाको लाभको राजनीतिक स्थान छैन : गोकुल बाँस्कोटा
फाइल तस्बिर

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा एमालेको राजनीतिमा वरिष्ठ नेता माधव कुमार नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको बताएका छन् । 

बाँस्कोटाले सामाजिक सञ्जालमार्फत एमालेमा देखिएको विवादमा नेता नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान सकिएको टिप्पणी गरेका हुन् । कर्णालीमा भएको फ्लोर क्रसलाई जोडेर उनले यस्तो टिप्पणी गरेका हुन् । 

बाँस्कोटाले कर्णाली घटनापछि अब नेता नेपालको एउटा काम मात्रै बाँकी रहेको पनि उल्लेख गरेका छन् । नेपालको अबको काम भनेको सरकारलाई दिएको माओवादी केन्द्रको समर्थन झिक्न र अविस्वास प्रस्ताव एकसाथ राख्न लगाउने रहेको उनले बताएका छन् । 

अब नेता नेपालले केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता लिन लगाएर सरकार ढाल्ने, बाटोमा लाग्ने विकल्प रहेको बाँस्कोटाले औँल्याएका छन् । त्यसपछि कारबाही खाने र आफ्नो बाटा लाग्ने विकल्प नेपालसँग रहेको उनको टिप्पणी छ । 

कर्णाली प्रदेशमा हिजो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेका ४ सांसदले फ्लोर क्रस गरेका थिए । त्यससँगै शाहीको सत्तासंकट तत्कालका लागि टरेको छ । 

सो विषयमा टिप्पणी गर्दै बाँस्कोटाले दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि अब नेता नेपालले पाउँदै आएको शङ्काको लाभको राजनीतिक स्थान समाप्त भएको बताएका हुन् । 





  • प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार ७:२०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया