प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा कुन पार्टीका को-को आए ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । सर्वदलीय बैठकमा संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले बहिस्कार गरेको छ। 

साथै एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतको उपस्थित छैनन् । 

कांग्रेस नेताहरु पहिले देउवा निवासमा छलफल बसेर सर्वदलीय बैठकमा लागि बालुवाटार आएका हुन् ।

सर्वदलीय बैठकमा उपस्थित नेताहरु
एमाले 
प्रधान्मन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
कांग्रेस 
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, संसदका प्रमुख सचेतक बालकृण खाँड
जसपा
महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, 
राप्रपा
प्रकाश चन्द्र लोहनी 
जनमोर्चा
हिरालाल गिरी
नेमकिपा
प्रेम सुवाल 


 





  • प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार १२:२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया