प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकिएको छ । बालुवाटारमा बसेको सर्वदलीय बैठकमा मुख्यतः तीन वटा विषयमा छलफल भएको सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकपछि लगत्तै पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले बैठकमा कोभिडको व्यस्थापनदेखि उप–निर्वाचन तथा एमसीसीको बारेमा छलफल भएको बताएका हुन् ।
‘बैठकमा कोभिडको चूनौती बढेदैछ, यसको रोकथामा सबै दलहरुको साथ सहयोग चाहिन्छ । त्यसैले भीडभाड कम गरेर दलहरुले पनि सरकारलाई सहयोग गरोस् भन्ने कुरा भयो’ ज्ञवालीले भने, ‘यो मुद्दासंगै रिक्त रहेका स्थानहरुमा उपनिर्वाचनको बारेमा पनि छलफल भयो । कांग्रेसले सरकारलाई कांग्रेसको महाधिवेशन भदौंमा रहेको जानकारी समेत बैठकमा गराएको ज्ञवालीले बताए ।
उपनिर्वाचनबारे कांग्रेसले गरेको प्रस्तावमा प्रधानमन्त्री ओलीले कांग्रेसको महाधिवेशनलाई मध्यनजर गरेर उपनिर्वाचनको मिति तय गरिने बताएका थिए ।
यसैगरी प्रधानमन्त्री ओली सभामुखका कारण संसदले बिजनेस नपाएको टिप्पणी गरेका थिए ।
परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार बैठकमा एमसीसीको बारेमा पनि छलफल भएको थियो । यसमा लामो समय पास नभएको हुनाले यो विषयमा के गर्ने वा नगर्ने भन्ने बारेमा छलफल भएको उनले जनाए ।
सभामुखले एमसीसीलाई संसदमा प्रक्रियाका लागि अघि नबढाएको विषयमा प्रधानमन्त्रीले असन्तुष्टि पोखेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।