नेदरल्याण्डले नेपाललाई दियो १३७ रनको लक्ष्य

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको त्रिदेशीय टि–२० अन्तर्राष्टिय सिरिजको उद्घाटन खेलमा अहिले नेपाल र नेरल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।

७ नेदरल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर रन १३६ बनाएको हो । 

नेदरल्यान्डका लागि बास डि लीडले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बलको सामना गर्दा ३ चौका र २ छक्का प्रहार गरे।

स्कट एडवार्ड ३२ बलमा ३० रन बनाए । 

कप्तान पिटर सिलार अविजित २२ रन बनाए । १७ बलमा उनले २ चौक १ छक्का प्रहार गरे । 

एन्टोनियस सटल ९ बलमा अविजित २० रन जोडे । अन्तिमका ३ ओभरमा मात्रै नेदरल्याण्डका ब्याट्सम्यानले ३६ रन जोड्न सफल भए । 



नेपालका लागि सन्दीप लामिछाने २ विकेट लिँदा साहब आलम र सोमपाल कामी १–१ विकेट लिए।

नेपालका लागि पहिलो विकेट सन्दीप लामिछानेले लिएका थिए। लामिछानेले दोस्रो ओभरको अन्तिम बलमा नेरल्याण्डको विकेट लिएका हुन् । उनले ११ बलमा १० रन बनाएर खेलिरहेको ओपनर म्याक्स दोवडलाई एलबीडब्लु आउट गराएका हुन् । 



नेपालका लागि दोस्रो विकेट सोमपाल कामीले लिएका थिए , उनले तेस्रो ओभरको चौथो बलमा सोमपालले शून्य रनमा एलबीडब्लु आउट गराएका हुन् ।

१४औँ ओभरको पाचौँ बलमा शाहब आलमले नेपालका लागि तेस्रो विकेट लिएका थिए।

नेदरल्याण्डका ओपनर स्कट एडवार्डसलाई आरिफ शेखको हातबाट क्याच गराएका हुन्।

एडवार्डसले ३२ बलमा ३० रन बनाएर आउट भएका हुन् ।
नेपाली पहिलो र दोस्रो विकेट छिटै लिएपछि तेस्रो विकेटका लागि नेदरल्याण्डका ब्याट्सम्यानले ६१ रनको साझेदारी गरेका थिए।

सन्दीप लामिछानेले नेदरल्याण्डको चौथो विकेट झारेका थिए । १७औँओभरको अन्तिमा बलमा लामिछानेले ४१ रन बनाएर खेलिरहेका नेदरल्याडका बास डे लीडलाई कुशल भुर्तेलबाट क्याच गराएका थिए । 

  • प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार १४:५०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया