राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले सुशीला गिरीको अध्यक्षतामा महिला विभाग गठन गरेको छ ।
नवगठित महिला विभागको उपाध्यक्षमा संगीता रिमाल, अनिता ठकुरी र मनमिरा श्रेष्ठ, सचिवमा सविना हुमागाईं र यमुना पुरी, कोषाध्यक्षमा सिजन श्रेष्ठ तथा सदस्यहरूमा विमला गिरी, सीमा राजवाहक, सविना थापा, जानुका रिजाल, सम्झना नेवा र गोमा विडारी छन् ।
नवगठित विभागका पदाधिकारी तथा सदस्यहरुलाई ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारी तथा राप्रपा वागमती प्रदेशका सांसद रीता माझीले खादा एवं टीका लगाएर स्वागत गरेका थिए ।
समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सांसद रीता माझीले महिलाहरु पनि पुरुषहरुसरह जस्तोसुकै काम गर्न पनि सक्षम भएको प्रमाणित गर्न टुकोन आबद्ध महिला विभागले उदाहरणीय काम गर्नेमा आफू विश्वस्त रहेको बताउँदै सफल कार्यकालको शुभकामना दिएकी थिइन् ।
कार्यक्रममा राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले महिला श्रमिकहरुलाई ज्यालामा हुने गरेको विभेदका विरुद्धमा नवगठित महिला विभागले आवाज बुलन्द गर्ने विश्वास व्यक्त गदै भर्खरै केन्द्रीय महाधिवेशन सम्पन्न गरेको टुकोनले चाँडै नै अन्य विभागहरूलाई पूर्णता दिएर महासंघलाई अझ सशक्त बनाउने दृढता व्यक्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।