बागमती प्रदेशमा पनि सर्वदलीय बैठक !
फाइल तस्बिर

बागमती प्रदेशमा पनि सर्वदलीय बैठक बोलाइएको छ । मुख्यमन्त्री एवं नेकपा एमाले प्रदेश संसदीय दलका नेता डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका हुन् । 

मुख्यमन्त्री पौडेलले सोमबार ललितपुरमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा मुख्य रूपमा तीन विषयमा छलफल हुनेछ । 

बैठकमा प्रदेशसभाको अधिवेशन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । 

बैठक प्रदेश सुशासन केन्द्रको भवन जावलाखेल ललितपुरमा भोलि बिहान ८ बजे सुरु हुनेछ ।





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार ९:१२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया