\
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बालुवाटारमा बसेको सर्वदलीय बैठकमाथि व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बैठकमाथि व्यङ्ग्य गरेका हुन् ।
सर्वदलीय बैठकमा आफूहरुलाई नबोलाइएको प्रति डा. भट्टराईले व्यङ्ग्य गरेका हुन् । केही सीमित व्यक्तिलाई मात्रै बोलाएर सर्वदलीय बैठक भनिएको उनको टिप्पणी छ ।
बैठकमा नबोलाइएको प्रति व्यङ्ग्य गर्दै डा. भट्टराईले लेखेका छन्, 'चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे ! मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रम निवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन ।'
भट्टराईले बैठकका विषयमा पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा पनि कुनै जानकारी नआएको बताए । उनले आफूले कार्यालयमा सोधेको तर केही जानकारी नभएको लेखेका छन् ।
उनले लेखेका छन्, 'जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमारी, ल.पु.मा सोध्दा कुनै जानकारी थिएन । पछि मिडियाबाटै सुनियो–एमसिसी बैठक बहिष्कार पो भएछ !'
चेइ नभनी कुकुर पनि कसैको घर जाॅदैन रे!मिडियाबाट सुनिएको कथित सर्बदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन।जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी,ल.पु.मा सोध्दा कुनै जानकारी थिएन।पछि मिडियाबाटै सुनियो-MCCबैठक बहिष्कार पो भएछ!
— Baburam Bhattarai (@brb1954) April 18, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।