गृहमन्त्री थापाको पनि सांसद पद गयो (विज्ञप्तिसहित)
फाइल तस्बिर

राष्ट्रिसभा सदस्य तथा गृहमन्त्री राम बहादुर थापाको सांसद पद गएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभामा निर्वाचित थापाको पद रिक्त भएको संसद सचिवालयले जानकारी दिएको छ । 

थापाले दल त्यागेको भन्दै माओवादीका प्रमुख सचेतक दीननाथ शर्माले पत्र लेखेअनुसार संसद सचिवालयले थापाको सांसद पद खाली भएको विज्ञप्तिमा उल्लेख गरेको छ । 

सांसदबाट पदमुक्त भएसँगै थापाको गृहमन्त्री पद पनि स्वतः गएको छ । अब उनले फेरि मन्त्री पदमा सपथ लिनुपर्ने भएको छ । 

संसद सचिवालयको विज्ञप्तिमा संविधानको धारा ८९ को खण्ड (ङ) बमोजिम राष्ट्रिय सभा सदस्य थापाको पद रिक्त भएको उल्लेख छ । महासचिव डा. भरतराज गौतमले जारी गरेका विज्ञप्तिमा 'राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका सम्माननीय अध्यक्षबाट स्वीकृत भएको' जनाएका छन् । 

प्रमुख सचेतक शर्माले गृहमन्त्री थापाले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ र दफा ३२ को उपदफा (१) को खण्ड (ख) बमोजिम दल त्याग गरेको व्यहोरा जनाएर पार्टीको संसदीय दलले निर्णय गरी दफा ३४ को उपदफा (२) बमोजिम प्रक्रिया अगाडि बढाइदिनका लागि संसद सचिवालयलाई आग्रह गरेका थिए । 





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १०:३१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया